हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हटियाकी १० बर्षीया बालिकालाई आज दिउँसो अबिरल वर्षा भए संगै खोलाले बगाएको हो । धनबहादुर बलको १० बर्षकी छोरी रसमती बल बलौरी खोलामा बाढी आएको हेर्ने क्रममा चिप्लिएर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार आज दिउँसो ३ः३० बजेतिरको समयमा आफ्नो अभिभावकसँगै खेतमा जान लागेकी उनलाई खोलाले बगाएको बताईएको छ । प्रहरीले खोजी गर्दा साँझ ६ बजेतिरको समयमा करिब ५ सय मिटर तल बालिकाको शव फेला पारेको र बालिकाको शव पोष्मार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरी प्रवक्ता भण्डारीले बताएका छन्।















