हेटौंडा १ ले गर्यो ढुङ्गा , गिट्टी , बालुवा उत्खनन् सम्वन्धि अन्तरक्रिया र सार्वजानिक सुनुवाई

Image

हेटौंडा । हेटौंडा उपमहानगर पालिका १ नम्बर वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । १ नम्बर र ११ नम्बर वडा जोड्ने राप्ती नदीबाट जथाभावी ढुङ्गा , गिट्टी , बालुवा उत्खनन गरिएको बिषयलाइ लिएर सरोकारवालाहरु बिच अन्तरक्रिया सहितको सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको १ नम्बर वडाध्यक्ष सबिन न्यौपानेले बताए ।

वडाध्यक्ष न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बरकि वडाध्यक्ष जुना दाहाल , हेउमनपा कार्यपालिका सदस्य इश्वरी रसाइली , ११ नम्बर वडासदस्यद्वय सन्जय बिडारी , बिकास नेपाल लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।