३ नम्बर वडामा नदिजन्य पदार्थ उत्खनन बिषयलाइ लिएर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Image

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ३ नम्बर वडामा पनि नदिजन्य पदार्थ उत्खनन बिषयलाइ लिएर सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।

३ नम्बर वडाध्यक्ष ढलकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बर वडाध्यक्ष जुना दाहाल , १९ नम्बर वडाध्यक्ष नरनाथ सुवेदी , ११ नम्बर वडा सदस्य गोपिनी सापकोटा , ३ नम्बर वडा सदस्य हर्क बहादुर पाखृन , हेउमनपाका अधिकृत बसन्तराज सिटौला लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सरकारको नितिनियम कमजोर हुँदा क्रसर उद्योगहरु समस्यामा परेको क्रसर उद्योग संचालकहरुले गुनासो गरेका थिए । सरकारले नीति राम्रो नबनाउने अनि ब्यवसायिहरुलाइ चोरको उपमा दिने यो जायज नभएको ब्यवसायिहरुको भनाइ रहेको छ ।

क्रसर ब्यवसायिहरुकै कारण निर्माण सम्बन्धि कामहरुसम्पन्न हुने हुनाले ब्यवसाय हितमा सरकारले सोच्नुपर्ने ब्यसायिहरु बताउछन । यसै प्रसङ्गमा हेटौंडा उपमहानगर पालिकाले कति दुरिमा नदि उत्खनन गर्ने , कहाँ काम गर्ने , कहाँ उत्खनन गर्दैनगर्ने भन्ने बिषयमा नीतिनिर्माण गरि कार्यान्वयन गरेर अघि बढ्ने योजना राखेको नरनाथ सुवेदीले बताएका छन् ।