हेटौंडा । पातन्जल योग सिमल्टार साधनाकेन्द्रले गुरुपुर्णिमा मनाएको छ । योगाको माध्यमद्वारा स्वास्थ लाभको अभ्यास गर्दै आएका साधना केन्द्रले गुरुको सम्मानमा गुरुको फोटोमा फुल माला चढाएका थिए ।
हेटौंडा ११ , सिमल्टार साधना केन्द्रकि अध्यक्ष रजनी श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा पातन्जल योगकी बागमती प्रदेश सदस्य सीता श्रेष्ठ , जिल्ला अध्यक्ष लक्ष्मी कंडेल , हेटौंडा १ , चाइनाक्वाटर साधना केन्द्रका अध्यक्ष मानबहादुर लामा , समाज सेवी महेन्द्र राउत , सिमलटार टोलबिकास संस्थाकि सदस्य सारधा शर्मा लगायतकाको आतिथ्यता रहेको थियोे ।















