हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ११ निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम उपप्रमुख राजेश बानियाँको विशेष आतिथ्यतामा
आज शनिबार आयोजित एक कार्यक्रममा ११ नं. वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सुचकहरु मध्ये ४४ वटा सुचकमा शतप्रतिशत र बाँकी सुचकमा ८० प्रतिशत भन्दा माथि सफलता प्राप्त गरिसकेको वडा अध्यक्ष जुना दाहालले बताउनुभयो । अध्यक्ष दाहालले घोषणाको दिगोपन कायम गर्न वडाको पञ्चवर्षीय रणनीतिक योजना तयार गरेको जानकारी दिनुभयो । २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने सरकारको लक्ष्य अनुरुप ११ नं. वडालाई बालमैत्री वडा घोषणा गरिएको अध्यक्ष जुना दाहालले बताउनुभयो ताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख लामाले निकट भविष्यमा बालमैत्री नगर घोषणा गर्ने तयारीमा उपमहानगर अगाडि बढिरहेको बताउनुभयो।