हेटौंडा। हेटौंडामा दशैको समयमा तरकारीको मुल्यमा अस्वभाविक रुपमा बृद्धी गरिएको छ । किसानबाट सस्तोमा लिने र उपभोक्तालाई महगोमा बिक्री गरिएको छ । हेटौंडाका बजारमा उपभोक्ताहरुले टमाटर प्रतिकेजी २२० रुपैयाँमा खरिद गर्नुपरेको गुनासो गरेका छन् ।
चार्डपर्बको समयमा तीनै तहका सरकारी निकायले किराना पसलहरुमा अनुगमन गर्ने, तरकारी, फलफुल पसलमा अनुगमन नगर्दा तरकारीको मुल्य बृद्धी गरेर बिक्री गरिएको हो ।
टमाटर लगायत हरियो तरकारी ४० देखि ५० रुपैयाँमा पाउने हरियो साग रायो आज भोलि १०० रुपैयाँ मुल्य रहेको छ भने सबैजसो तरकारीमा अस्वभाविक मुल्य बृद्धिले उपभोक्ताको ढाड सेकिएको खोपेगल्लीमा तरकारी खरिदका लागि आएका उपभोक्ता हरुको गुनासो रहेको छ । तरकारीमा काउली, आलु, बोडी, प्याज, भटमास कोसा लगायतका तरकारीमा मुल्य बृद्धी हुदा पनि सरकारी निकायले कुनैपनी चासो नदेखाएको उपभोक्ताहरुको गुनासो रहेको छ ।