हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको हेटौंडा एडभेन्चर क्लबले आन्तरिक पर्यटनको लागी मोटरसाइकल मार्फत २१ जना युवाहरु शे फोक्सुण्डो ताल पुगेका छन । भ्रमण टोलिले फोक्सुण्डो ताल ,शेफोक्सुण्डो राष्टिय निकुञ्ज लगायत स्यार्पु ताल ,पोखरा ,फेवाताल ,बागलुङ को कालिका मन्दिर र रुकुमकोट को कमल पोखरी लगायत को भ्रमण गर्ने छ ।
कार्तिक २१ गते सुरु भएको यात्रा कार्तिक २९ गते समापन हुनेछ छ ,यात्रामा ११ मोटरसाइकल को सहभागीता रहेको छ ,क्लबले पर्यटन प्रबर्द्धन को लागि आश्विन ५ गते प्रथम हेटौंडा सम्पदा यात्राको समेत आयोजना गरेको थियो । करिब ४ लाखको खर्च अनुमान गरिएको यात्रामा सहभागीहरुबाट शुल्क संकलन गरिएको अध्यक्ष सुशिल सुवेदीले बताउनुभयो ।
सो स्थानिय होटल ब्यबसायीका अनुसार एकै स्थानबाट यति धेरै सङ्ख्या मा ताल भ्रमण गर्ने सम्भवतः हेटौंडा एडभेन्चर क्लब नै पहिलो रहेको वेलकम होटल छेप्के का प्रोपाईटर बालकुमारी गुरुङले बताउनुभयो ।क्लबले आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले बार्षिक रुपमा मोटरसाईकल मार्फत भ्रमण गर्दै आईरहेको छ ।















