हेटौंडा एडभेन्चर क्लबले २०० जना बिद्यार्थी लाई न्यानो कपडा बाडने

Image

हेटौंडा । हेटौंडा एडभेन्चर क्लबले कैलाश गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका २०० जना चिसोमा कठ्याङ्गग्री रहेका कलिला जेहेन्दार विद्यार्थीहरूलाई २३ गते न्यानो कपडा वितरण गर्ने भएको छ। भने मण्डलादेबी आधारभुत बिद्यालय भिमफेदि ४ मा अध्ययनरत २२ जना जेहेन्दार बालबालिका हरुलाई जुत्ता, मोजा र टोपी बितरण गर्ने कार्यक्रम रहेको कल्बका अध्यक्ष सुशिल सुबेदीले जानकारी दिनुभयो।

हेटौंडा एडभेन्चर क्लबका सदस्यहरुबाट संकलित रकमबाट कालिका माबी मा अध्ययनरत २०० जना बालबालिका लाई तथा हेटौंडा ५ निवासी गंगा अधिकारीले आफ्नो छोराको जन्मदिनको अवसरमा फजुल खर्च कटाएर दिएको सहयोगले भिमफेदिमा रहेको मण्डलादेबी आधारभुत बिद्यालयका २२ जना बिद्यार्थी लाई जुता, मोजा र टोपी क्लबले बाड्ने कार्यक्रम रहेको जानकारी कार्यक्रम संयोजक पुरुषोत्तम रिमालले बताउनु भयाे ।

साथै यस कार्य मा हाल सम्म प्रत्यक्ष अप्रत्यक्ष सहयोग ,सल्लाह सुझाव दिनुहने प्रति क्लबका अध्यक्ष सुशिल सुबेदीले हा्दिक आभारी साथै धन्यवाद प्रकट गर्नु भयो।

हेटौंडा एडभेन्चर क्लबले नेपालमा रहेका ७७ वटै जिल्लामा रहेका बिभिन्न धार्मिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार लगायत बिभिन्न सामाजिक कार्य विशुद्ध रुपमा केन्द्रित भएर बिभिन्न कार्यक्रम गर्ने लक्ष्य लिइएर सक्रिय रहेकाे र क्लबले यस अघि असोजमा हेटौंडा का पर्यटकिय स्थलहरुको प्रचार प्रसारको लागि सम्पदा यात्रा तथा कार्तिक २१ गते देखि ९ दिने डोल्पा को यात्रा गरेको थिय‍ो क्लबमा ४१ जना सदस्य रहेका छन क्लबले पर्यटन खेल तथा सामाजिक क्षेत्रमा काम गरिरहेको सहसंयोजक मनोज कुमार गौतमले बताउनु भयाे ।