हेटौंडा । एस्ट्रोनोभा फाउन्डेसन नेपालले बिद्यालयहरुमा शिक्षण र सिकाइमा वाष्प दृष्टिकोण बारेमा हेटौंडाका निजी तथा आवासीय बिद्यालयका संचालक तथा प्राचार्यहरुसङग छलफल कार्यक्रम गरेको छ । बिद्यार्थीको रुचिकर बिषय अनुसार पढाउन सके शिक्षाको क्षेत्रमा ठुलो परिवर्तन आउने एष्ट्रोनोभा फाउन्डेसन नेपालका संस्थापक प्रमुख किसन बास्तोलाको धारणा रहिआएको छ ।
बास्तोलाको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा डिपार्टमेन्ट अफ ल्याङ्ग्वेज एजुकेसन , स्कुल अफ एजुकेसन का एसोसिएट डीन , प्रोफेसर डाक्टर हेमराज काफ्ले , म्याथम्याटिकल एशोसियसन अफ नेपालका चियरम्यान बिनोदप्रसाद पन्त , टिचर एजुकेटर मोटिभेटर स्पिकर एजुकेसनल एक्टिभिष्ट लीडर अभिषेक घिमिरे , कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामा लगायतकाले समयसापेक्ष शिक्षा आजको आवश्यकता हो भन्ने बिषयमा आफ्नो धारणा राखेका थिए ।
वक्ताहरुले समयसापेक्ष शिक्षाबाटनै नयाँ नेपाल , बिकसित नेपालको कल्पना गर्न सकिने बताए । निजी तथा सामुदायिक बिद्यालयका प्रमुख तथा प्राचार्यहरु , विभिन्न संघसंस्था का प्रमुख तथा संचारकर्मीहरुको उपस्थिति मा कार्यक्रम भएको थियो ।