मकवानपुरको कैलाश गाउँपालिकाले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान जनचेतनामूलक नाटक गरी समपन्न

Image

हेटौंडा। हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता” भन्ने मुल नाराका साथ १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान मकवानपुरको कैलाश गाउँपालिकाले अन्तरक्रिया तथा जनचेतनामूलक सडक नाटक गरी समपन्न गरेको छ । कार्यक्रम कैलाश गाउँपालिका र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको महिला साखाकी निरिक्षक रमिला सापकोटाले जानकारी दिनुभयो।

कार्यक्रम कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यमा भएको थियो भने लैङ्गिक हिंसाविरुद्ध नेपालमा धेरै कानुनहरू निर्माण भएको छ र कानुन कार्यान्वयनको लागि संघ संस्थाहरूले सचेतनाका धेरै कामहरू गरेको बताउनुहुँदै महिलामाथि हुने हिंसाहरू घर र महिलाबाटै भएको उहाँले बताउनु भयो । तसर्थ, नेपाल एउटा कानुनी राज्य भएकोले सबैले कानुनको परिधिभित्र रहेर महिला हिंसा न्यूनिकरण तथा अन्त्यको लागि घरबाटै महिला हिंसविरुद्धको आवाज उठाउन जरुरी रहेको अध्यक्ष मुक्तानले बताउनु भयो ।

उनले यस्तो अभियान १६ दिन मात्रै नगरेर ३ सय ६५ दिन नै गर्नुपर्ने बताउदै देशले कानुन तथा नीति नियम बनाए पनि समाजमा कार्यान्वयन गर्ने पक्षको नियत खराब भएकोले हिंसा बढीरहेको बताउनुहुँदै संघ, प्रदेश र स्थानीय सरकार र मानव अधिकारको क्षेत्रमा कार्यरत संघ संस्था तथा सरोकारवाला निकाय सबै मिलेर काम गरे हिंसामा कमी हुने बताउनु भयो । कार्यक्रममा लैङ्िगक हिंसा बिरुद्द सचेतनामुलक र सामुहिक प्रतिबद्धता बालविवाहविरुद्ध जनचेतना मुलक सडक नाटक पनि प्रस्तुत गरीएको थियो निरिक्षक रमिला सापकोटाले जानकारी दिनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, कार्यपालिका सदस्य राममाया प्रजा,भबानि माबिका प्र.अ.बालचन्द्र मल्ल ठकुरी , शिक्षा साखाका दिपेन्द्र अधिकारी ,३ नम्बर वडा सचिव गिरोगयुद्ब अधिकारि लगायतको उपस्थिति मा कार्यक्रम सम्पन्न गरिएको उनले बताउनु भयो।