हेटौंडा उपमहानगरपालिकाले कृषि एम्बुलेन्स हस्तान्तरण

Image

हेटौंडा । हेटाैंडा उपमहानगरपालिकाले कृषि क्षेत्रमा लागेका कृषक समुहको उत्पादनलाई सहज र व्यवस्थित ढंगबाट बजार सम्म पुर्याउन र उत्पादनलाई सुरक्षित राख्नका लागि आवश्यक रहेकाेले कृषक हरुलाई सहज बनाउन कृषि एम्बुलेन्स हस्तान्तरण गरेकाे छ ।

प्रतिश्पर्धा मार्फत छनाैंटमा परेकाे हेटौंडा-१३ मा रहेकाे आधामार कृषक समुहलाई खुल्ला एम्बुलेन्स हस्तान्तरण गरिएको हो। एम्बुलेन्स हेटाैंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले समुहलाई हस्तान्तरण गर्नु भएको छ।

कार्यक्रममा हेटाैंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गाैंतम १७ नम्बर वडाका अध्यक्ष उद्दब सत्याल लगायत वडा सदस्यहरूको उपस्थिति रहेको थियो । एम्बुलेन्स ३४ लाख ९० हजार रुपियाँ बराबरकाे हाे ।