हेटौंडा/ हेटौंडा उपमहानगर पालिका १६ नम्बर वडालाइ निकृष्ट बालस्रम्मुक्त , बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त गैर विभेदिकरण , बालबालिकाको सर्बोत्तम हित, सर्वाङ्गीण विकास र अर्थपुर्ण बालसहभागिताको सिद्धान्तमा आधारित भई बाल बचाउ, बालसंरक्षण, बालविकास र अर्थपुर्ण बालसहभागितालाई संस्थागत गर्दै २०७९ पौष १ गते देखि बालमैत्री स्थानीय शासन पद्धतिको अवधारणा सुरूवात गरेको वडा अध्यक्ष तथा बालमैत्री स्थानीय शासन वडा समिति अध्यक्ष रामकृष्ण कोईरालाले बताउनु भयो।
जसको फलस्वरूप ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचक मध्ये ४६ वटा सुचकमा १०० र बाकी सूचकमा घोषणाका लागि आवश्यक नतिजा हाँसिल गर्दै आज हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सफल भएको अध्यक्ष रामकृष्ण कोईरालाले बताउनुभयो। प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले घोषणा पत्र पढेर बालमैत्री वडा घोषणा गर्नुभएको थियोे ।

१६ नम्बर वडा साबिकको हटिया वडा नं गाबिस वडा नं ५,७,८ र ९ मिलेर बनेको वडा भएकोले क्षेत्रफलको हिसाबले यसको कुलक्षेत्रफल १८.९५ बर्ग किलोमीटर रहेको वडाले जनाएको छ । वडाका अनुसार २०७९ घरधुरी रहेको छ । यस वडा नम्बर १६ को पुर्वी सिमानामा वडा नम्बर १७ , पश्चिममा वडा नम्बर ६ र १५ , उत्तरमा १७ पर्छ भने दक्षिणमा निजगढ नगरपालिका रहेको छ ।
यस वडामा खेतियोग्य भुमि प्रशस्त रहेको यस वडाको मुख्य पेशा भनेको कृषि रहेको छ भने कुल जनसंख्या ७९०५ रहेको छ । जसमा ३९५९ महिला , ३९४५ पुरुष , र लैङ्गिक अल्पसंख्यक १ , बालक ११७९ बालिका १२०१ रहेका छन् ।
हेटौंडा १६ नम्बर वडा कार्यालय र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुलसमारोह समिति को आयोजनामा हेटौंडा १६ मा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया , उपमहानगर का प्रवक्ता तथा हेटौंडा १ का वडाध्यक्ष सबिन न्यौपाने , १५ नम्बर वडा अध्यक्ष सुनिल मुक्तान, हेटौंडा ११ वडा अध्यक्ष जुना दाहाल , उपमहानगर भित्रका वडाध्यक्षहरु सुशील घिमिरे , सुकराम के. सी. दामोदर गौतम , रामकृष्ण थापा , पेम्बा लामा लागायत सरोकारवाला सरकारी , गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको















