जिल्ला ट्राफिक कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी स्वास्थ्य परीक्षण

Image

हेटौंडा/ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटना तथा क्षति न्यूनिकरणका सम्बन्धी एक दिने स्वास्थ्य परिक्षण तथा लागुपदार्थ चेकजाँच कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सवारी दुर्घटना तथा क्षति न्यूनिकरणका लागि सवारी चालकहरुको स्वास्थ्य परीक्षण साथै लागुपदार्थ चेकजाँच गरिएको थियो। लागुपदार्थ सेवन गरि गाडि चलाईएको पाईएकोले यस्तो कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय प्रमुख केशब अधिकारिले बताउनुभयो। कार्यक्रम हेटौंडा ११ थानाभर्याङ्ग मा रहेको जिल्ला ट्राफिक कार्यालय अगाडी गरिएको हो ।

कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको समन्वय र सि. एम. सि.चुरेहिल हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न गरिएको कार्यालय प्रमुख केशब अधिकारिले बताउनुभयो।