हेटौंडा / हेटौंडा उपमहानगर पालिका १२ नम्बर वडा भोर्लेका प्यारालाइसिस बिरामी कुमार दुलालको घरैमा पुगेर वडाध्यक्ष अर्जुन तिवारीले खाध्यान्न सहयोग गरेका छन् । नगरपालिकाको सहयोगमा वडाकार्यालयको तर्फबाट १० हजार बराबरको खाध्यान्न सहयोग गरेको वडाध्यक्ष तिवारीले जानकारी दिनुभयो । 
खाध्यान्नमा अति उपभोग्य वस्तु चामल , दाल , चिउरा , तेल लगायत राहत स्वरुप सहयोग गरेको अध्यक्षले जानकारी दिनुभयो। ४५ वर्षीय कुमार दुलालको घरमा ५ जना परिवार रहेका छन भने रोगकाकारण हिडडुल गर्न नसकेपछी काम गर्न सकिएको छैन त्यसैले घरकोअवस्था नाजुक हुँदै गएको छ । वडाले दिएको सहयोगमा हामी खुशी छौं दुलालले बताए ।















