हेटौंडा / मकवानपुरको मनहरीमा बाघले सातवटा बाख्रा मारेको छ । मनहरी गाउँपालिका वडा नम्बर-५ बसन्तपुरका सुर्यबहादुर मोक्तानको खोरमा रहेका सातवटा बाख्रा मारेको हो ।
सातवटा बाख्रा मारिसकेपछि बाघले एउटा बाख्रा जङ्गलतिर लगेर खाएको स्थानीयहरुले जनाएका छ्न । आइतबार साझ सोही गाउँमा बाघको आक्रमणमा परि स्थानिय ७२ बर्षीया कान्छीमाया रुम्बाको मृत्यु भएको थियो आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिन अहिले त्यस क्षेत्रमा दुईवटा हात्ती सहित सुरक्षाकर्मीको परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । अहिले त्यस क्षेत्रका बासिन्दा हरुलाई सतर्क रहन आग्रह गरिएको छ।