हेटौडा/ हेटौंडा १३, पदमपोखरीमा चितुवा देखिएको भन्दै स्थानीयवासी त्रसित बनेका छन्। पदमपोखरीको हिमचुली टोल विकास संस्थाको सडकमा साँझको समयमा दुई बच्चा सहित माउ चितुवा देखिनुले त्यस क्षेत्रमा सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउनु पर्ने आवश्यकता देखाएको बलराम मगरातीले जानकारी दिनुभयो।
पद्पोखरीबाट पर्सा राष्ट्रिय निकुञ्जको नजिक रहेको कारण त्यहाँ यस्ता वन्यजन्तु प्रवेश गर्नु स्वाभाविक भए तापनि यसले मानव-वन्यजन्तु द्वन्द्व निम्त्याउन सक्छ। गत हप्ताको पाटे बाघको घटनाले पनि यस क्षेत्रका बासिन्दालाई थप सतर्क रहन सन्देश दिन्छ।
वन विभाग र स्थानीय प्रशासनले तत्काल कदम चालेर स्थानीयहरूको सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ।
स्थानीयलाई घरभित्रै सुरक्षित बस्न र वन्यजन्तुसँग टाढा रहन आग्रह गरिनु पर्छ, साथै चितुवा र यसको बच्चाहरूलाई सुरक्षित स्थानमा सार्न वन्यजन्तु विशेषज्ञहरूको सहयोग आवश्यक हुन्छ। सम्पूर्ण वडाबासीहरुमा सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु l















