१ महिने पेन्टिङ तथा रङ्गरोगन तालिमको उद्घाटन

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाको सहयोगमा मकवानपुर रिकभरिङ्ग समूहद्वारा आयोजित लागुऔषध प्रयोगबाट छुटकारा पाउन उपचाररत व्यक्तिहरूका लागि सञ्चालन गरिएको १ महिने पेन्टिङ तथा रङ्गरोगन तालिमको उद्घाटन गरिएको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभएको छ। सो अवसरमा हेटौंडा वडा नं. ५ का अध्यक्ष सुशील घिमिरेको बिशिष्ट उपस्थिति रहेको थियो।

यस तालिमले उपचारमा रहेका व्यक्तिहरूलाई सीपमूलक ज्ञान प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।