१ दिने समुदायस्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिको सहयोगमा टोल विकास संस्था नगर समन्वय समितीले हेटौंडा-४ र ५ नं वडाका टोल विकास संस्था र अन्य संघ-संस्थाका पदाधिकारी तथा सदस्यहरूका लागि १ दिने समुदायस्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा, अध्यक्ष ध्रुव प्रसाद अधिकारी, ५ नं वडा अध्यक्ष सुशील घिमिरे, न्यायिक समितिका सदस्य ज्ञान बहादुर थापा, वडा सदस्यहरू रञ्जिता सिलवाल र रामबहादुर राई, नगर समन्वय समितिका पदाधिकारीहरू लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई कानुनी अधिकृत सुजन तिमल्सिना, अधिवक्ता शिव बन्जारा र पार्वती बिकले सहजीकरण गरेका थिए।
७० जनाको सहभागिता रहेको यो कार्यक्रम नगरका अन्य वडाहरूमा पनि संचालन गरिने महासचिव शिवहरि दाहालले जानकारी दिए।