बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलले भव्य सांस्कृतिक, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलले भव्य सांस्कृतिक, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष विष्णु गोपाल महर्जनले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि २ नम्बर वडा अध्यक्ष बिष्णु गोपाल महर्जन,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमिल्सिना, प्रबन्ध निर्देशक मोहन प्रसाद शर्मा, वडा सदस्य सुजन बर्तौला, इन्द्र प्रसाद रिजाल, माया परियार, प्रधानाध्यापक विनोद सुवेदी, र सहायक प्रधानाध्यापक अमूल श्रेष्ठसहितको विशिष्ट आतिथ्यता रहेको थियो।

बालबालिकाहरूले विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रस्तुति प्रस्तुत गरेर दर्शकहरूको मन जितेका थिए। उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानसहित पुरस्कार प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बालजागृति सेकेन्डरी स्कुललाई नमुना विद्यालयको रूपमा देशभर चिनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रोत्साहन गर्दै शैक्षिक र सांस्कृतिक गतिविधिमा स्कुललाई अग्रणी बनाउने उद्देश्य हासिल गरेको ब्यबस्थापन समिति अध्यक्ष भन्डारीले बताउनुभयो।