हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ सयफुटमा खानेपानी टेङ्की निर्माणको शिलान्यास गरिएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यतामा उक्त नयाँ खानेपानी आयोजना शिलान्यास गरिएको हो। कार्यक्रममा खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख बिष्णु प्रसाद सापकोटा, बोर्डका अध्यक्ष प्रताप विष्ट, सूचना अधिकारी संजय न्यौपानेको बिशिस्ट आथित्यतामा सिलान्यास गरिएको हो।
करिब १० करोड रुपैयाँ लागत अनुमान गरिएको दुवटा योजनाअन्तर्गत एक लाख लिटर क्षमताको खानेपानी ट्याङ्की सयफुटमा निर्माण गरिने छ भने ३ लाख लिटर क्षमताको ट्याङ्की ठुलो सुकौलीमा निर्माण गरिने अध्यक्ष मुक्तानकाले बताउनुभयो । यस्तै साबिक चुरियामाई ३ र ४ रातो माटे, ठुलो सुकौली,दमार, सानो सुकौली, सयफुटमा गरि १० करोडको योजना परेको अध्यक्ष मुक्तानले बताउनुभयो।
सयफुटमा निर्माण गरिने आयोजनाबाट झण्डै १,००० जना स्थानीय बासिन्दाले स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन्।
विगतमा स्थानीयहरूलाई खानेपानीको अभावका कारण ३ नम्बर पुलसम्म पुगेर पानी बोकेर ल्याउनुपर्ने अवस्था थियो। नयाँ आयोजना सुरु भएपछि सहज रूपमा शुद्ध पानी उपलब्ध हुने भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका छन्। साथै, उनीहरूले वडा सरकार तथा खानेपानी बोर्डको पहलप्रति आभार व्यक्त गरेका छन्। कार्यक्रममा वडा सदस्य लगायत टोल बिकास संथाका अध्यक्ष हरुको उपस्थिति रहेको थियो।















