प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न :नयाँ कार्यसमिति चयन

Image

हेटौंडा/ प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन चितवनमा सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ।
नवगठित कार्यसमितिमा अध्यक्ष तिलकराम रिमाल, उपाध्यक्षद्वय प्रज्ज्वल पौडेल र तारादेवी बस्नेत, महासचिव प्रकाश दाहाल, कोषाध्यक्ष रामशरण दुलाल तथा सचिवहरू गोविन्द घिमिरे, भोला पौडेल, लक्ष्मण घिमिरे, नवराज श्रेष्ठ, रूपक कोइराला, जगत तामाङ चयन हुनुभएको छ।

यस्तै, मकवानपुरबाट प्रतिनिधित्व गर्ने सदस्यहरू विवश अधिकारी, आरती ढकाल, रविन ढुंगाना, सुनिता विष्ट र रुपक कालिराज रहनुभएको छ।
नयाँ नेतृत्वले पत्रकारिता क्षेत्रको प्रवर्द्धन, पत्रकारहरूको हकहित संरक्षण तथा प्रेस स्वतन्त्रताको सशक्तिकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।