हेटौंडा/ हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएपछि हेटौंडा उपमहानगरपालिका वडा नं ११ मा बाल समूहहरूको पुनर्गठन अभियान तीव्र गतिमा अघि बढाइएको छ। वडाका विभिन्न स्थानमा रहेका बाल समूहहरूलाई प्रभावकारी रुपमा एकीकृत गर्दै नयाँ संरचना र नेतृत्वसहित पुनर्गठन हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता तथा वडा सदस्य संजय बिडारी, गोपिनी सापकोटाको बिशिष्ट आथित्यतामा पुनर्गठन गरिएको थियो।
हालसम्म पाँच वटा बाल समूहहरूको पुनर्गठन सम्पन्न भइसकेको छ। पुनर्गठित समूहहरू निम्नानुसार रहेका छन्:
१. कृष्ण मन्दिर बाल समूह:
कृष्ण मन्दिर, प्रगति र जिम्बाडाँडा बाल समूहहरूलाई एकीकृत गरी ‘कृष्ण मन्दिर बाल समूह’ नामाकरण गरिएको छ। यस समूहको अध्यक्षमा सायना सापकोटा चयन भएकी छन्।
२. तारकेश्वर बाल समूह:
तल्लोताल, सूर्योदय र सडक टोल बाल समूहलाई मिलाएर ‘तारकेश्वर बाल समूह’ गठन गरिएको छ। अध्यक्षमा श्लेष्टि उप्रेती चयन भएकी छन्।
३. गोल्फिनटार सागरपथ बाल समूह:
सागरपथ र गोल्फीटार बाल समूहको एकीकरणबाट ‘गोल्फिनटार सागरपथ बाल समूह’ गठन गरिएको हो। यस समूहको अध्यक्षमा रोचक फुयाल चयन भएका छन्।
४. सिमलटार बाल समूह:
यस समूहलाई पुनः संरचना दिई बिपिसा बि.क. लाई अध्यक्षको जिम्मेवारी दिइएको छ।
५. मिलिजुली थानाभर्याङ बाल समूह:
थानाभर्याङ र तल्लो थानाभर्याङ बाल समूहलाई एकीकृत गरी ‘मिलिजुली थानाभर्याङ बाल समूह’ गठन गरिएको छ। अध्यक्षमा साहिल मैनारी चयन भएका छन्।
वडास्तरीय बाल सञ्जालका अनुसार, यस पुनर्गठन अभियानले बालबालिकाको सहभागिता अभिवृद्धि गर्नुका साथै उनीहरूको नेतृत्व विकास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ।
बालमैत्री स्थानीय शासन कार्यान्वयनमा हेटौंडा उपमहानगरपालिका देशभरि उदाहरणीय बन्ने अपेक्षा गरिएको छ।