दुवै मिर्गौला फेल भएका उपेन्द्र नेपालको उपचारका लागि सहयोगको अपिल

Image

रत्ननगर–१५ निवासी युवाको जीवन बचाउन सबैको साथ आवश्यक
हेटौंडा / रत्ननगर नगरपालिका वडा नं. १५ निवासी ३५ बर्सिय उपेन्द्र नेपाल (रामु) को दुवै मिर्गौला फेल भएपछि अहिले उहाँको जीवन संकटमा परेको छ। हाल उहाँलाई वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, महाराजगञ्ज, काठमाडौं मा उपचार गरिँदैछ।

उपेन्द्र नेपाल,  राजेन्द्र नेपाल र चिनिमाया नेपालको कान्छा सुपुत्र हुन्। उहाँको घरको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा अत्यधिक कठिनाइ भइरहेको छ। महँगो डायलासिस प्रक्रिया तथा सम्भावित प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन नसक्दा परिवार अत्यन्तै तनावमा छ।

उपेन्द्रको जीवन बचाउन ‘उपेन्द्र नेपाल (रामु) बचाऔं अभियान’ अन्तर्गत सबै सहयोगी मनहरूमा आर्थिक सहयोगका लागि हार्दिक अनुरोध गरिएको छ।

सहयोग गर्न चाहने महानुभावहरूले तलको खातामा सहयोग रकम पठाउन सक्नुहुनेछ:
बैंक: ग्लोबल आइएमई बैंक
खाता नं.: 11307010131261
खातावालाको नाम: शान्ती कुमारी बरूवाल नेपाल

सहयोग अभियानमा संलग्न स्थानीय समाजसेवीले भने, “सानो सहयोगले पनि उपेन्द्रको जीवनमा ठूलो फरक ल्याउन सक्छ। हामी सबैको साथले उहाँ पुन: स्वस्थ जीवनतर्फ फर्किन सक्नुहुन्छ।” मोबाइल नम्बर 9708700499 शान्ती कुमारी बरूवाल।