हेटौंडा / बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले अनलाइन गुनासो व्यवस्थापन प्रणालीको औपचारिक सुरुवात गरेको छ। अब नागरिकहरूले मन्त्रालयसँग सम्बन्धित सेवा तथा सुविधा सम्बन्धी गुनासाहरू इन्टरनेटमार्फत सजिलै घरबाटै दर्ता गर्न सक्ने भएका छन्।
मन्त्रालयका सचिव बद्रिनाथ गैह्रेका अनुसार, नागरिकहरूले https://gunaso.mosd.bagamati.gov.np/login मा लगइन गरेर वा क्यूआर कोड स्क्यान गरी आफ्ना गुनासा पेश गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ।
“यस प्रणालीमार्फत नागरिकले आफ्ना गुनासा सहज रूपमा राख्न सक्नेछन्, जसले सरकारको पारदर्शिता र उत्तरदायित्वमा सकारात्मक प्रभाव पार्नेछ,” सचिव गैह्रेको भनाइ छ।
मन्त्रालयले प्राप्त गुनासाहरूको नियमित रूपमा अध्ययन तथा सुनुवाइ गर्ने बताएको छ। यस प्रक्रियाले सेवा प्रवाहमा सुधार ल्याउँदै नागरिकको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ।