हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले नेपाल हृदयरोग निवारण प्रतिष्ठान, हेटौंडा मकवानपुर शाखालाई करिब ४८ हजार रुपैयाँ बराबरको एक थान कम्प्युटर हस्तान्तरण गरेको छ।
उक्त कम्प्युटर वडा अध्यक्ष नविन सिक्देलले प्रतिष्ठानका सभापति विजयकुमार वैद्यलाई एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो। कार्यक्रममा वडा नम्बर ४ का सचिव रामप्रसाद गुरागाईं, प्रतिष्ठानका सचिव इन्द्रप्रसाद नेपाल तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
कम्प्युटर हस्तान्तरणपछि सभापति वैद्यले संस्थाको गतिविधिबारे जानकारी दिँदै भन्नुभयो, “प्रतिष्ठानले हाल प्रतिकात्मक, प्रतिसोधात्मक, प्रचारात्मक र पुनःआत्मक गरी चार मुख्य उद्देश्यअनुसार सेवा प्रदान गर्दै आएको छ।” उहाँले थप जानकारी दिँदै हाल संस्थामा जम्मा ३४३ जना सदस्य रहेको उल्लेख गर्नुभयो,जस्मा १४ जना अति विशिष्ट तथा ८ जना विशिष्ट सदस्य रहेका छन् भने ३२१ जना आजिवन सदस्य रहेका छन्।