हेटौंडा–११ मा आत्महत्या न्यूनीकरणका लागि समिति गठन, मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य

Image

हेटौंडा  / आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिका वडा नं. ११ मा आत्महत्या न्यूनीकरण सम्बन्धी वडा समिति गठन गरिएको छ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ को संयोजनमा सम्पन्न कार्यक्रममा उक्त समिति गठन गरिएको हो। समिति गठनबारे जानकारी प्रहरी सहायक हवल्दार नीमा भण्डारीले दिनुभयो।

समितिमा विभिन्न क्षेत्रका प्रतिनिधिहरू समावेश गरिएका छन्, जसले समुदायमा आत्महत्या रोकथामसम्बन्धी परामर्श, सहजीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्।

गठित समितिमा समावेश पदाधिकारीहरू निम्नानुसार छन्:
• संयोजक: मिना कुमारी (स्वास्थ्य प्रमुख, वडा नं. ११)
• सह–संयोजक: आरती पाठक (मनोपरामर्शकर्ता)
• सदस्यहरू: यज्ञ बहादुर आचार्य, कृण प्रसाद खनाल, सन्तोष गर्तौता, प्रभाकर पुडासैनी, विजया अधिकारी, निर्मला बिडारी, विष्णु प्रसाद लोहनी, नीमा भण्डारी

कार्यक्रममा सहभागी वक्ताहरूले मानसिक स्वास्थ्यका चुनौतीहरूबारे बोल्दै समाजमा बढ्दो आत्महत्या दर न्यूनीकरणका लागि स्थानीय तहको सक्रियता आवश्यक रहेको बताएका थिए।

समितिले आगामी दिनमा विद्यालय, समुदाय र परिवारस्तरसम्म पुगेर आत्महत्या न्यूनीकरणमा आधारित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।