हेटौंडामा विश्व वातावरण दिवसको अवसरमा वृहत सचेतनामूलक ¥याली तथा समापन समारोह २२ गते हुने

Image

हेटौंडा/ ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ ५३औं विश्व वातावरण दिवस २०८२ को अवसरमा हेटौंडा उपमहानगरपालिकामा एक वृहत वातावरणीय सचेतनामूलक ¥याली तथा सप्ताहव्यापी कार्यक्रमको समापन समारोह आयोजना हुने भएको छ।

आउँदो जेष्ठ २२ गते, बिहीबार बिहान ७:०० बजे हुप्रचौर, हेटौंडा–४ मा हुने कार्यक्रमका लागि आयोजक टोल विकास संस्था नगर समन्वय समितिले सम्पूर्ण नगरवासी, टोल विकास संस्था, विद्यालय, क्लब, धार्मिक तथा जातीय संघ–संस्था, सञ्चारकर्मी एवं नागरिक समाजका प्रतिनिधिहरूलाई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम संयोजक तथा समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीका अनुसार वातावरण संरक्षण र प्लाष्टिक प्रदूषण न्यूनीकरणका सन्देश फैलाउन यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण छ। उनका अनुसार यसअघि सञ्चालन भएका सप्ताहव्यापी वातावरणीय सचेतनामूलक गतिविधिहरूको औपचारिक समापन यही कार्यक्रममा गरिनेछ।

“यस ¥याली र समापन समारोहमार्फत हामीले वातावरणप्रति सबैको उत्तरदायित्वबोध गराउने उद्देश्य लिएका छौं,” अधिकारीले बताए। कार्यक्रमले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै सामुदायिक सहभागितालाई पनि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।