हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा एकदिने बृहत् आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम वडा नम्बर १२ स्थित हात्तीगौंडा सहरी स्वास्थ्य केन्द्रमा भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष अर्जुन तिवारीको प्रमुख आतिथ्यता रहेको थियो भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का सदस्य महेश भट्टराईको बिशिष्ट आथित्यतामा उत्घाटन तथा सम्पन्न भएको हो।
शिविर विहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको थियो। हेटौंडा सामुदायिक आँखा अस्पतालका कार्यक्रम संयोजक शुसिल कुमार सिङका अनुसार शिविरमा कुल २९० जनाले आँखाको परीक्षण गराएका थिए।
शिविरमा अस्पतालका ७ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिएको थियो। टोलीमा बर्षा रन्जित, निलिमा थापा, निल रोकाया, तुत्सि सिंह, दिनेश रुम्बा, र बुद्ध रत्न गोपालीको सक्रिय सहभागिता रहेको थियो।
परीक्षणमा ४५ जना मधुमेह (सुगर) का बिरामी फेला परेका थिए। ती बिरामीहरूको आँखाको पर्दाको फोटो खिची उनीहरूलाई थप उपचारका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा रिफर गरिएको संयोजक सिङले जानकारी दिनुभयो।
त्यस्तै, मोतिबिन्दु पहिचान गरिएका १२ जना बिरामीको जेठ २६ गते हेटौंडा सामुदायिक आँखा अस्पतालमै निःशुल्क शल्यक्रिया गरिने भएको छ। Cure Blindness Project ले उक्त अपरेशनका लागि सहकार्य गरेको सिङले जानकारी दिनुभयो।
शिविरले स्थानीय बासिन्दाहरूलाई आँखासम्बन्धी स्वास्थ्य सेवामा सहज पहुँच दिलाउँदै दृष्टि संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
















