हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा स्थानीय पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यले रातोमाटे–दमार सडक खण्डमा स्ल्याब ढलानसहितको बाटो स्तरीकरण कार्य सुरु गरिएको छ। उक्त कार्यको शुभारम्भ वडा अध्यक्ष सुनिल मोक्तानको विशेष पहलमा भएको अध्यक्ष सचिवालय मनोज परियारले जानकारी दिनुभयो।
यस योजनाका लागि आवश्यक बजेट बागमती प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजन गरिएको हो। सडक स्तरीकरण कार्यले सो क्षेत्रमा आवागमन सहज बनेको छ ।
अध्यक्ष मोक्तानले जनतासँग गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने क्रममा यो कार्य एक महत्वपूर्ण उपलब्धि भएको बताउँदै वडाको समग्र विकासमा आफू निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाले भन्नु भयो”विकासका आधारभूत संरचनाहरू बलियो बनाउन सकियो भने मात्र समृद्धिको बाटो खुल्छ। यो सडक स्तरीकरण त्यसतर्फको एक कदम हो।”
स्थानीय बासिन्दाहरूले अध्यक्ष मोक्तान र प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरेका छन्।
















