हेटौंडामा विश्व वातावरण दिवस–२०८२ सप्ताहव्यापी कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न

Image

हेटौंडा/ विश्व वातावरण दिवस–२०८२ को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न गरियो। “प्लाष्टिकमुक्त हेटौंडा, हरियालीयुक्त नगर” भन्ने मुल नाराका साथ आयोजित यस अभियानमा नगरवासी, विद्यालय, विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रमको समापन समारोह टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता, वागमती प्रदेशका वन तथा वातावरणमन्त्री माननीय कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्य र हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको विशेष आतिथ्यमा सम्पन्न भयो।

प्रमुख अतिथि मन्त्री सिलवालले वातावरण संरक्षणको महत्त्वलाई स्मरण गराउँदै प्लाष्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्रदेश सरकारले अवलम्बन गरेका नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले यस्तो कार्यक्रमले जनस्तरसम्म चेतना फैलाउने र सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो।

नगर प्रमुख मिना कुमारी लामाले हेटौंडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउनेतर्फ नगरपालिकाको प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले वातावरण संरक्षणको अभियानमा समुदाय, विद्यालय र युवा पुस्ताको सक्रियता प्रशंसायोग्य भएको बताउँदै नगरपालिकाले आवश्यक बजेट र नीति सहयोग पुर्‍याउने वचन दिनुभयो।

सभाध्यक्ष ध्रुव प्रसाद अधिकारीले टोल विकास संस्था, युवा, महिला समूह, विद्यालय, सामाजिक संघसंस्था र सरोकारवालाहरूको सहकार्यबाट हेटौंडालाई २०८२ सालभित्रै प्लाष्टिकमुक्त बनाउने लक्ष्यमा पुग्न सकिने बताउँदै सबैलाई निरन्तर सहभागिताको आग्रह गर्नुभयो।
समारोहमा विशेष अतिथि प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितकुमार घलान, नगर उपप्रमुख राजेश बानिया, नेकपा एमाले मकवानपुरकी सिता विष्ट, वडा अध्यक्षहरू वडा नं. १ का सबिन न्यौपाने, वडा नं. २ का विष्णु गोपाल महर्जन, वडा नं. ४ का नबिन सिग्देल, वडा नं. ८ का रामकृष्ण थापा, वडा नं. १० का फुर्बा दोर्जे लामा, वडा नं. ११ की जुना दाहाल, वडा नं. १७ का उद्धव सत्याल, वडा नं. १८ का अनिल कुमार बानिया, र वडा नं. १९ का नरनाथ सुवेदी सहित अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

समारोहमा विभिन्न संघसंस्था, टोल विकास समिति, सामुदायिक वन उपभोक्ता समूह, महिला समूह, सामाजिक संस्था, पत्रकार, शिक्षक, विद्यार्थी र स्वयंसेवकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रमको अवसरमा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–२, ८, ९, ११, डिभिजन वन कार्यालय मकवानपुर, चन्द्रोदय मा.वि., पशुपति हेल्थ क्लब, वन विज्ञान संकाय, सामुदायिक विकास तथा सचेतना नेपाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुर, संयुक्त मधेसी सेवा समाज, सामुदायिक प्रहरी सेवा केन्द्र, जीवन शर्मा, निश्चल भट्ट, छेगुन लामा, सुरेश लामिछाने, ईशा शर्मा लगायतलाई प्रशंसा पत्र प्रदान गरियो।

सप्ताहव्यापी कार्यक्रमका संयोजकहरूलाई पनि प्रशंसा गरियो। ‘हेटौंडाको सुन्दर वातावरण’ विषयक चित्रकला प्रतियोगिता संयोजक पुन्यवति घिमिरे, ‘यदि म हेटौंडाको मेयर भए भने’ विषयक भिडियो प्रतियोगिता संयोजक चन्द्रावती पनेरु, विद्यालयस्तरीय पुनःप्रयोग सामग्री प्रतिस्पर्धाका संयोजक सति न्यौपाने, ‘प्रकृति संवाद यात्रा’ संयोजक शान्ति श्रेष्ठ, र ‘बोत्तल देउ, बिरुवा लिउ’ कार्यक्रम संयोजक यदुवंश खतिवडा साथै समापन कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण सहयोग गर्नुहुने देव कुमार श्रेष्ठ, हरिगोपाल सापकोटालाई पनि प्रशंसा प्रदान गरियो।
र्र्‍यालीतर्फ टोल विकास संस्थामध्ये
– प्रथम: कालिकामाई टोल विकास संस्था (रु. २०,०००),
– द्वितीय: मनकामना ‘ख’ टोल विकास संस्था (रु. १५,०००),
– तृतीय: विकास टोल विकास संस्था, हेटौंडा–८ (रु. १०,०००),
– सान्त्वना: सिमलटार टोल विकास संस्था (हेटौंडा–११), र तपोवन टोल विकास संस्था (हेटौंडा–१९) — दुबैलाई रु. ५,०००–५,०००
सांस्कृतिक प्रस्तुति तर्फ ओम रुद्रश्वर भजन मण्डली, स्वर्गद्वारी महिला पञ्चेबाजा समूह र नेवा : सांस्कृतिक पुचलाई नगदसहित प्रशंसा पत्र प्रदान गरियो।
विद्यालय र्यालीतर्फ
– प्रथम: सिद्धार्थ मा.वि. (रु. १५,०००),
– द्वितीय: आधुनिक राष्ट्रिय मा.वि. (रु. १०,०००),
– तृतीय: लक्ष्मी आधारभूत विद्यालय (रु. ७,५००),
– सान्त्वना: भुटनदेवी मा.वि. र ज्ञानदा मा.वि. — दुबैलाई रु. ५,०००–५,०००।

चित्रकला प्रतियोगिता (हेटौंडाको सुन्दर वातावरण विषयमा)
– प्रथम: आरोही राउत (जिएस निकेतन)
– द्वितीय: दियाना उप्रेती (तासिर बोर्डिङ स्कुल)
– तृतीय: प्रवेश श्रेष्ठ (ब्रम्हदिक एकेडेमी)
– सान्त्वना: समृद्धि जोशी (जिएस निकेतन), राघव राई (बालज्योति मा.वि.), महेन्द्र मगर (सिद्धार्थ मा.वि.)

भिडियो प्रतियोगिता (‘यदि म मेयर भए’ हेटौंडा कसरी सफा र प्लास्टिक बनाउँथे विषयमा)
– प्रथम: इतिश अधिकारी (नवोदय बोर्डिङ स्कुल)
– द्वितीय: आकांक्षा निरौला (जिएस निकेतन)
– तृतीय: आशि बनियाँ
– सान्त्वना: आधुनिक मावि, बालजागृति बोर्डिङ स्कुल, भुटनदेवी मा.वि.

पुनःप्रयोग सामग्री प्रतियोगिता
– प्रथम: नवोदय शिशु सदन (रु. १०,०००)
– द्वितीय: आधुनिक राष्ट्रिय मा.वि. (रु. ७,५००)
– तृतीय: भुटनदेवी मा.वि. (रु. ५,०००)
– सान्त्वना: तुलसी मेहर, प्रगति मा.वि., सिद्धार्थ मा.वि. — रु. २,०००–२,०००।

विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्न हेटौंडामा आयोजित सप्ताहव्यापी कार्यक्रमले सामुदायिक सहभागिता, युवाको सशक्त योगदान र संस्थागत समन्वयको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। हेटौंडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउने अभियानमा यस्ता कार्यक्रमले ठोस आधार तयार पार्नेमा सबै सहभागी आशावादी देखिए।