अब लाइसेन्सको म्याद दोब्बर, १० वर्ष कायम

Image

हेटौंडा । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को बहाल अवधि अब ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ ।

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित गरेसँगै अबदेखि सवारी चालक अनुमतिपत्र १० वर्षसम्म वैध हुने कानुनी व्यवस्था लागू भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ संशोधन गर्दै यस्तो प्रावधान गरिएको हो । यसअघि ५ वर्षे म्याद पाउने लाइसेन्स अब १० वर्षका लागि मान्य हुनेछ ।

साथै, लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि पनि अब १० वर्षमै कायम हुने व्यवस्था गरिएको छ । यो परिवर्तनसँगै चालकहरूलाई लाइसेन्स नवीकरणका लागि पटक–पटक सवारी कार्यालय धाउनु नपर्ने सहजता हुनेछ ।