Khabar Board
Flash logo up side
flash header

प्राज्ञिक विद्यार्थी परिषद्ले बृहत् राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्दै

Nirbachan m

साउन ७, पोखरा । प्राज्ञिक विद्यार्थी परिषद्ले देशको शैक्षिक अवस्थामा सुधार ल्याउने योजनाका साथ बृहत् राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्ने भएको छ ।

साउन ५ र ६ गते विद्यार्थी परिषद्को पोखरामा सम्पन्न राष्ट्रिय परिषदबाट विश्वविद्यालयको शैक्षिक सुधारका निम्ति राष्ट्रव्यापी रूपमा राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । परिषद्ले परीक्षा, परिणाम, शैक्षिक वातावरण, शिक्षामा दलीय राजनीतिका हस्तक्षेपको अत्यन्त, पाठ्यक्रममा सुधार जस्ता विषयहरूलाई लिएर परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले शैक्षिक अभियान गर्ने घोेषणा गरेका थिए ।

साथै राष्ट्रिय परिषदबाट साउन १५ बाट राष्ट्रिय सदस्यता अभियान सञ्चालन गर्ने, भदौ दोश्रो साता राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय विचार वर्ग गर्ने, एक दिवसीय अभ्यास वर्ग सञ्चालन जस्ता महत्त्वपूर्ण राष्ट्रियस्तरको कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । परिषद्ले राष्ट्रिय परिषदमा एक दिवसीय अभ्यास वर्ग, सदस्यता अभियान, जिल्ला आवसीय अभ्यास वर्ग, छात्रा कार्य, जनजाति विद्यार्थी कार्य, कार्यालय कोष वार्षिक आय व्याय विवरण एवम् लेखापरीक्षण, राष्ट्र व्यापी शैक्षिक अभियान, शिक्षा कार्यशाला, शिक्षक संवाद, आयाम गतिविधिहरू निरामय, संकल्प, केन्द्रीय कार्यकारिणी समिति बैठक, सेवा कार्य, द्वैमासिक छात्र विचार पत्रिका, केन्द्रीय प्रवास योजना जस्ता विषयहरूमा

Center article

परिषद्ले शैक्षिक अभियानका लागि एक विशेष टोलिको पनि निर्माण गरेको छ ।

पोखरामा सम्पन्न राष्ट्रिय परिषदमा देशभरबाट ३० जना भन्दाबढी राष्ट्रिय परिषद्का पदाधिकारी र सदस्यहरूको महत्त्वपूर्ण उपस्थिति र सहभागीता रहेको परिषद्ले जानकारी दिएको छ । राष्ट्रिय परिषदमा परिषद्का राष्ट्रिय अध्यक्ष डा। गोपीनाथ कण्डेल, राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी, राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकाल, राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, राष्ट्रिय उपाध्यक्ष डा। दयाराम भूषाल लगायत परिषदका पदाधिकारीहरूको सहभागीता रहेको थियोे ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.