डडेल्धुरामा माछा मार्ने क्रममा सेतीमा डुबेर एकजनाको मृत्यु

Image

डडेल्धुरा । डडेल्धुरामा माछा मार्नका लागि पासो हाल्ने क्रममा एकजनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–४ मलपडास्थित सेती नदीमा सोही ठाउँ बस्ने २८ वर्षीय रमेशबहादुर बिष्टको मृत्यु भएको हो। बिष्ट माछा मार्नको लागि पासो हाल्ने क्रममा पानीमा डुबेका थिए।

उनलाई आफन्तले पानीबाट निकालेर उपचारको लागि डडेल्धुरा अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।