Khabar Board
Flash logo up side
flash header

महाशिवरात्रिमा भगवान शिवलाई चढाउनुहोस यी फुल, मिल्नेछ विशेष फल

Nirbachan m

धार्मिक ब्यूरो । हिन्दु धर्ममा महाशिवरात्रिको ठूलो महत्व छ । शिवभक्तहरूले महाशिवरात्रिलाई ठूलो पर्वका रूपमा मनाउँछन्।

महाशिवरात्रिको व्रत राख्नाले सबै पापबाट मुक्ति मिल्ने भनिएको छ । जो भक्त महादेवको भक्तिमा लीन भएर आजको दिन पूजा–आराधना गरी व्रत बस्छ, उसको सबै मनोकामना पूरा हुन्छ ।

भगवान शिवलाई चाँडै प्रसन्न हुने देवता मध्ये एक मानिन्छ। तर शिव पुराणमा केही यस्ता फूलहरूको उल्लेख गरिएको छ, जसलाई भगवान शिवलाई चढाउँदा मनपर्ने फल प्राप्त हुन्छ ।

जानौँ कुन फूलले देवताका देवता महादेवलाई प्रसन्न तुल्याउँछ र कुन फूल चढाउँदा शुभ फल प्राप्त हुन्छ ।

धतुरोको फूलले शिवको पूजा गर्दा लाभ हुन्छ

धतुरो भगवान शिवलाई अति प्रिय छ। धतुरोको फल र फूलबिना भगवान शिवको पूजा अधुरो हुने जनविश्वास छ । भगवान शिवलाई धतुरोको फूल र फल चढाउँदा मानिसको दुःखबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । सन्तान चाहने दम्पतीले धतुराको फूल वा फल चढाएमा उनको मनोकामना छिट्टै पूरा हुने शिव पुराणमा उल्लेख छ ।

रातो र सेतो आकृतिको फूलले शिवको पूजा

शिव पुराणमा भनिएको छ कि भगवान शिवलाई रातो र सेतो आकृतिको फूल मन पर्छ। महाशिवरात्रिको दिन भगवान शिवको पूजा गर्न रातो वा सेतो आकृतिको फूल प्रयोग गरेमा मोक्ष प्राप्त हुन्छ।

भगवान शिवलाई चमेलीको फूल चढाउनुहोस्

शिव पुराणमा भनिएको छ कि यदि कोही व्यक्ति वाहन सुख प्राप्त गर्न चाहन्छ अर्थात् वाहन किन्न चाहन्छ भने उसले भगवान शिवलाई चमेलीको फूल चढाउनुपर्छ। चमेलीको फूल चढाउँदा जीवनमा सुख प्राप्त हुन्छ, वाहन सुख प्राप्त हुन्छ, यस्तो धार्मिक मान्यता रहेको छ ।

Center article

बेलपत्ताले शिवको पूजा गर्ने

बिहे नगर्नेले महाशिवरात्रिको दिन भगवान शिवको पूजा गर्ने भनिएको छ । शिवपुराणमा भनिएको छ कि यस दिन बेलाको फूल वा पातले भगवान शिवको पूजा गर्नाले उपयुक्त र समझदार जीवनसाथी प्राप्त हुन्छ। विवाह बलियो हुन्छ।

गुलाबको फूलले शिवको पूजा गर्दा लाभ हुन्छ

गुलाबको फूल सबै देवताहरूलाई अति प्रिय छ। हरेक शुक्रबार लक्ष्मी मातालाई गुलाब अर्पण गर्नाले ऐश्वर्य र समृद्धि प्राप्त हुन्छ । भगवान शिवलाई गुलाबको फूल चढाउँदा व्यक्तिको स्वास्थ्य राम्रो हुनुका साथै दीर्घायु र सुखी जीवन प्राप्त हुने जनविश्वास रहेको छ । स्वस्थ शरीरको लागि महाशिवरात्रिको अवसरमा भगवान शिवलाई गुलाब पनि चढाउन सक्नुहुन्छ।

हरसिङ्गारले भगवान शिव को पूजा

महाशिवरात्रिको दिन हरसिङ्गार फूलले भगवान शिवको पूजा गर्नाले सुख, ऐश्वर्य प्राप्त हुन्छ । हरसिङ्गारको फूलले घरको वास्तु पनि ठीक हुने बताइन्छ । यसको सुगन्धले घरमा सकारात्मक उर्जा पनि ल्याइदिन्छ । साथै भगवान शिवको पूजामा दुर्वाको प्रयोग गरेमा मानिसको आयु बढ्छ ।

अलसीको फूलले शिवको पूजा गर्दा लाभ हुन्छ

शिव पुराणका अनुसार भगवान शिवको पूजामा अलसीको फूलको ठूलो महत्व छ । महाशिवरात्रिको दिन भक्तजनले भगवान शिवलाई अर्पण गर्नुपर्छ । पुराणमा भनिएको छ कि भगवान शिवलाई अलसी अर्पण गर्दा पापबाट मुक्ति मिल्छ र भगवान विष्णुलाई पनि त्यो व्यक्ति प्रिय लाग्छ । यस्तो व्यक्तिले मोक्ष प्राप्त गर्छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.