Khabar Board
Flash logo up side
flash header

विदेशमा रहेका युवाहरुको सहयोगमा बैतडीमा मन्दिर निर्माण

Nirbachan m

बैतडी ।

बैदेशिक रोजगारीमा रहेका युवाको सहयोगमा बैतडीमा मन्दिर निर्माण गरिएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका वडा नम्बर ७ ऐरीगाउँमा महादेव मन्दिर निर्माण गरिएको हो।

रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाहरुले चन्दा संकलन गरेर मन्दिर निर्माण गरेको मन्दिर निर्माण समितिका संयोजक पुरनसिंह ऐरले बताए। गौरा खेल खेल्ने थलोमा स्थानीयहरुले कुलदेवता महादेवको मन्दिर निर्माण गरेको ऐरले बताए।

Center article

रोजगारीको सिलसिलामा भारत लगायत विदेशमा रहेका युवाहरुले करीब डेढ लाख चन्दा संकलन गरेको र अन्य स्थानीयहरुले जनश्रमदानमा मन्दिर निर्माण गरेको उनले बताए।आफ्नो संस्कृति र धर्मको संरक्षणका लागि स्थानीय युवाहरु जागरुक भएर मन्दिरको निर्माण गरिएको बताइएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.