काठमाडौँ । आज २०८१ साल जेठ १२ गते शनिबार तदनुसार सन् २०२४ मे २५ तारिख। जेठ कृष्ण पक्षको द्वित्तिया तिथि। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।
शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ । शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्। जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।
हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ। शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ। हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।
शनिको प्रभाव
नव ग्रहहरुमा सातौ ग्रह मानिने शनिदेव संग मानिसहरु सबैभन्दा धेरै डराउन्छन् तर शनिदेवले कसैको अहित गर्दैनन् । व्याक्त्तिहरुको कर्म अनुसार न्याय गर्ने मान्यता छ । न्यायाधीश को रूपमा पनि भनिन्छ । शनिवारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्त हुने र कुन्डलीमा भएको कम्जोर शनिको प्रभाव पनि नाश हुन्छ विश्वास छ ।
शनिदेवको को पुजा यसरी गर्नुहोस् :
शनि जयंतीमा प्रातःकाल उठेर स्नानादि गरेर शुद्ध होउ। त्यस पछी काठको टुक्रामा एक कालो कपड़ा बिछाएर त्यस माथि शनिदेवको प्रतिमा राखौ । त्यसपश्चात उनको मुर्तिको राखिएको काठको टुक्राको दुइटै कुनामा घिउको दीपक जलाउ र सुपारी चढ़ाउ । त्यसपश्चात शनिदेवलाई पंचगव्य, पंचामृत, इत्र बाट स्नान गराउ।
उनिलाइ कालो या नीलो रंगको फूल चढाउ । त्यसपश्चात गुलाल, सिंदूर, कुमकुम र काजल लगाउ। पूजामा तेलमा तलेको वस्तुहरुको नैवेद्य समर्पित गरौ। यस दौरान शनि मंत्रको कम से कम एक माला जप गरौ । शनि ग्रह को पिडा बाट बचन तल दियेको पाच मन्त्र को जाप गर्दा शनि को पिडा कम हुन्छ र शनि देब प्रसन्न हुन्छन् ।
शनि पुजा गर्दा यो पाच मन्त्र को १०८ पटक जाप गर्दा शुभ हुन्छ ।
पहिलो – शनि बीज मंत्र ऊं प्राँ प्रीं प्रौं सः शनैश्चराय नमः ।
दोस्रो – विनियोग मंत्र शन्नो देवीति मंत्रस्य सिन्धुद्वीप ऋषिः गायत्री छंदः, आपो देवता, शनि प्रीत्यर्थे जपे विनियोग
तेस्रो – शनि गायत्री मंत्र ॐ कृष्णांगाय विद्य्महे रविपुत्राय धीमहि तन्नः सौरिः प्रचोदयात ।
चौथो – शनि वेद मंत्र ॐ प्राँ प्रीँ प्रौँ सः भूर्भुवः स्वः ॐ शन्नो देवीरभिष्टय आपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तु नः। ॐ स्वः भुवः भूः प्रौं प्रीं प्रां ॐ शनिश्चराय नमः।
पाचौ – जप मंत्र ऊं प्रां प्रीं प्रौं सः शनिश्चराय नमः।
शनि पुजामा ध्यान दिनु पर्ने कुरा :
१- हरेक शनिवार मंदिरमा तोरिको तेलको दियो जलाउ । ध्यान राखौ कि यो दियो उनको मूर्तिको अगाडि नभएर मंदिरमा राखेको उनको शिलाको अगाडि जलाउ ।
२- यदि आस-पास शनि मंदिर नभएमा पीपलको रुखको अघि तेलको दियो जलाउं। यदि त्यो पनि नभए तोरिको तेल गरीबलाई दान गरौ ।
३- शनिदेवलाई तेलको साथै तिल, कालो दाल या कुनै कालो वस्तु पनि भेंट गरौ ।
४- भेंट पश्चात शनि मंत्र या फिर शनि चालीसाको जाप गरौ ।
५- शनि पूजा पश्चात हनुमान जी को पूजा गरौ। उनको मूर्तिमा सिन्दूर लगाउ र केला अर्पित गरौ ।