मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धन कमाउने योगका साथै फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । रमाइलो दिन छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा परिएला । काममा समस्या देखिएला । अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ । धन आर्जनमा राम्रो दिन छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । टाढाको यात्राको पनि योग रहेको छ । फलिफाब हुने दिन छ । राम्रो कमाइका कारण सुख मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ । अचानक कमइ हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । नसोचेको ठाँउमा खर्च हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ । आफन्त मिलनले सुख दिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्चभन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ । पैसा कमाउने योग छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै, पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)बिहान काम बन्नेछ, बेलुका सामान्य तनाव होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नुपर्ला । वादविवादको सामना गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । जागिरको काममा डर हुनेछ ।