कुन राशि भएका ब्यक्तिको कति उमेरमा चम्किन्छ भाग्य ? हेर्नुहोस्

Image

काठमाडौं । हिन्दु धर्मशास्त्रमा मात्र होइन भृगु संहितामा समेत राशि अनुसार भाग्य हुने उल्लेख गरिएको छ । आज हामी तपाईँलाई त्यसको बारेमा जानकारी दिँदै छौँ । हामी सबैले आफ्नो–आफ्नो भाग्य बोकेर आएका हुन्छौँ। मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ। भनिन्छ, दुख पछि सुख अवश्य आउँछ। त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ। फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई सुख सम्झन्छन्।

हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ । हाम्रो राम्रो समय कहिले आउँछ वा हामीसँग कहिले निकै धेरै पैसा हुन्छ आदि इत्यादि। यी यावत् प्रश्नहरुको उत्तर भृगु संहितामा बताईएको हुन्छ ।भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ। यो ग्रन्थमा मानिसहरुको राशी अनुसार भाग्योदयको कहिले हुन्छ भन्ने बारेमा जानकारी दिइएको छ।

राशी अनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्ः

मेष राशि : १६, २२, २८, ३२ र ३६ वर्ष भाग्योदयको वर्ष मानिएको छ ।

वृष राशि : २५, २८, ३६ र ४२ मा भाग्य चम्किन्छ ।

मिथुन राशि : २२, ३२, ३५, ३६ र ४२ औँ वर्ष शुभ मानिन्छ ।

कर्कट राशि : १६, २२, २४, २५, २८ र ३२ वर्षमा भाग्योदय हुन्छ ।

सिंह राशि : १६, २२, २४, २६, २८ र ३२ औँ वर्षहरू उत्तम मानिएका छन् ।

कन्या राशि : १६, २२, २५, ३२, ३३, ३५ र ३६ औँ वर्षहरूमा भाग्योदय हुने योग देखिन्छ ।

तुला राशि : २४ वर्षमा भाग्योदय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ र ३५ वर्षलाई शुभ मानिन्छ ।

वृश्चिक राशि : २२, २४, २८ र ३२औँ वर्ष अत्यधिक राम्रो मानिन्छ ।

धनु राशि : १६, २२ वा ३२औँ वर्षमा भाग्योदय हुने कुरा भृगु संहितामा पाइन्छ ।

मकर राशि : २५, ३३, ३५ र ३६ वर्षमा भाग्योदय हुने ।

कुम्भ राशि : २५, २८, ३७ वा ४२ वर्ष उत्तम मानिन्छ ।

मीन राशि : १६, २२, २८ र ३३ वर्षमा भाग्योदय हुने ।(जोय नेपाल)