मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । अध्ययन अध्यापनको क्षेत्र भने कमजोर रहन सक्छ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो सातामा टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । सरकारी निकायको भय रहला । कार्यमा सम्पादनमा समस्या आउला । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्न सक्छन् । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । मनमा दुबिधा पनि उत्पन्न हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ । इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आफन्तसँग भेटघाट हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलता पनि पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो हप्ता मित्रबाट विशेष सहयोग मिल्नेछ र साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ । राजनैतिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्त्यमा स्वास्थ्य बिग्रन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्य प्रति सजग रहनुहोला, अन्यथा धन खर्च हुनेछ । साताको अन्त्यमा आफन्तले सहयोग गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता कुनै कुराले मन प्रसन्न रहनेछ । राजनैतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो हप्ता आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ । नयाँ कार्यको चर्चा चल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । साताको अन्त्यमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ साथै केही कठिनाइको सामना पनि गर्नुपर्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता शुभ कार्यको चर्चा चल्नेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । भाग्योदय हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन पनि सक्नेछ । मध्य सातामा धनार्जनका नयाँ योजनाहरू पत्ता लाग्नेछन् । शुभकार्यको योजना बन्नेछ । वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता नयाँ कामको योजना बन्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । कृषि कार्यमा पनि सफलता मिल्नेछ । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल (अधिक जानकारीका लागि 977-9849559502)