काठमाडौं । हस्तशिल्पी कलाकार भगवान विश्वकर्माको जयन्ती अर्थात् विश्वकर्मा दिवस अर्थात् विश्वकर्मा पूजा मनाइदैैछ । हरेक वर्ष भाद्र कृष्ण द्वादशीको दिन मनाइने विश्वकर्मा पूजाको दिन सबै निर्माण कार्यमा उपयोग हुने हतियारको तथा औजारको पूजा गरिन्छ ।
उद्योग जगतका देवता भगवान विश्वकर्माको जयन्तीको दिन विधि विधानले उनको पूजा गर्दा विशेष फल पनि प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । विश्वकर्माले पूरै सृष्टिको निर्माण गरेका थिए त्यसैले उनलाई र्सष्टि निर्माण कर्ता पनि भनिन्छ । उनलाई खुशी बनाउन सके दिन दुई गुणा रात चौगुना गरी धनधान्यले भरीपूर्ण हुने धार्मिक विश्वास छ ।
विश्वकर्मा पूजा विधि
– भगवान विश्वकर्माको प्रतिमा बनाएर यसैमा पूजा गर्ने गरिन्छ । कसैकसैले भने भगवान विश्वकर्मालाई नै आफ्नो भगवान मानेर पूजा गर्ने गरेको पनि देखिन्छ । यस दिन जग्ये बनाएर यज्ञको समेत आयोजना गरिन्छ ।
– यस दिन पूजामा बस्नु भन्दा पहिले स्नान गर्नुपर्छ । स्नान गरिसकेपछि भगनाव विष्णुको ध्यान गर्नुपर्छ र त्यसपछि त्यहीँ कतै भगवान विश्वकर्माको पनि मूर्ति राख्नुपर्छ ।
– यसपछि आफ्नो दाहिने हातमा फूल अक्षता लिएर मन्त्र पढ्नुपर्छ । फूल अक्षतालाई जलमा छोडिदिनुपर्छ ।
– यसपछि हातमा रक्षासूत्र बाँधी भगवान विश्वकर्माको पूजा ध्यान गरिसेपछि उनको विधिवत पूजा गर्नुहोस् ।
– पूजा पछि विविध प्रकारको यन्त्र तथा औजार आदिको जल, अक्षता, फूल तथा मिठाईद्वारा पूजा तथा विधिवत रुपमा हवन गर्नुहोस् ।
भगवान विश्वकर्माको पूजा गर्दा पढिने मन्त्र
ॐ आधार शक्तपे नमस् और ॐ कूमयि नमस्, ॐ अनन्तम नमस्, ॐ पृथिव्यै नमस्

















