आज मिति २०८१ साल कात्तिक ३० शुक्रबारको हेर्नुहोस यस्तो छ दैनिक राशिफल

Image

काठमाडौं । आज शुक्रबार, ३० कात्तिक २०८१ (१५ नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। मानसिक शान्ति हुनेछ। सुरु गरेका काम सम्पन्न हुनेछन्। तर बोली वचनमा भने संयमता राख्नुपर्नेछ।

वृष : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम सुरु गरिनेछ। शुभ समाचार सुन्न पाइएला। रोकिएका काम बन्नेछन्।

मिथुन : नजिकका व्यक्तिबाट काममा बाधा आउला। स्वास्थ्य प्रतिकूल रहन सक्छ, अतः सचेत रहनु होला। दबाब र तनाव बढेको महसुस हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। साँझमा शुभ समाचार मिल्नेछ।

कर्कट : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ।

सिंह : आँटे-ताकेको पूरा होला। शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। नसोचेको ठाउँबाट धनागम हुनेछ। कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

कन्या : हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

तुला : आँटेको काममा ढिलासुस्ती हुन सक्छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला। सामान छुट्ने वा हराउने सम्भावना छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन। तीर्थाटनको योग छ।

वृश्चिक : आँटेको काममा फाइदा मिल्नेछ। रमणीय र सुखद् यात्राको योग छ। मनोरञ्जनमा सहभागी भइएला। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। बोलीवचनमा भने संयमता अपनाउनु पर्नेछ।

धनु : समाजसेवामार्फत लोकमा प्रसिद्ध भइनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै प्राप्त होला। प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

मकर : बन्धु बान्धवबाट सहयोग मिल्नेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ।

कुम्भ : स्वास्थ्यप्रति सजग रहनु होला। काममा अवरोध सृजना हुनसक्ने सम्भावना छ। अगाडि बढ्न सङ्घर्षको गर्नुपर्छ। यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग भेटघाट हुनेछ।

मीन : अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि जाग्ला। कार्यक्षेत्रमा अरूले गरे/भनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।