मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा आर्थिक कारोबारमा लाभ मिल्नेछ भने शेयर बजारबाट पनि लाभ कमाउन सकिनेछ । कार्यक्षेत्रमा आफूभन्दा ठूलाको कुरा सुन्नुहोस् । साताको मध्यमा कार्यक्षेत्रमा अज्ञात भय रहनेछ । श्रम अनुरूप सफलता नमिल्ला । दूरसञ्चारको माध्यमबाट अपजस मिल्ने सम्भावना रहेको छ । साताको अन्तिममा कार्यक्षेत्रमा मनग्य लाभ रहनुको साथै पद प्रतिष्ठामा पनि वृद्धि हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा धर्म कर्ममा मन लाग्नेछ । कला वा संस्कृतिको क्षेत्रमा धन खर्च हुनेछ । विद्यार्थीहरुको तर्कशक्ति बढ्नेछ । साताको मध्यमा पैतृक सम्पत्तिलाई लिएर कानुनी मामिला सुल्झिनेछ । पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको मध्यमा आर्थिक कारोबारमा नयाँ अवसरहरू मिल्नेछन् । व्यापारमा आयस्रोत बढ्नेछ । जीवनसाथीको कार्यक्षेत्रमा प्रसिद्धि बढ्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । विद्यार्थी वर्गहरूलाई उच्च शिक्षाको लागि विदेशतिरको यात्रालाई लिएर शुभ सूचना मिल्न सक्ला । साताको मध्यमा व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । प्रतिस्पर्धी विद्यार्थीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ । साताको अन्तिममा पायक स्थानमा भ्रमण हुनुको साथै प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा वाहन चलाउँदा सावधान रहनुहोला, चोट लाग्ने सम्भावना रहेको छ । अरुको ईर्ष्याले गर्दा व्यापारमा हानि हुन सक्ला । रचनात्मक वा कलात्मक क्षेत्रमा प्रसिद्धि मिल्नेछ । साताको मध्यमा घरमा मांगलिक कार्यले मन प्रशन्न रहनेछ । विशेष गरि महिलाहरूलाई घरेलु कामको चासो बढ्नेछ । साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा कार्यक्षेत्रमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । जीवन साथीसँग मनमुटाव हुन सक्छ । साताको मध्यमा मौसमी बिमारीबाट बच्नुहोस् । सवारी साधनमा पैसा खर्च हुन सक्ला । कार्यक्षेत्रमा गरेको कामको जस नमिल्ला । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ । नोकरी वा पेशामा थप जिम्मेवारीहरू बढ्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा कार्य क्षेत्रमा पूर्वनियोजित कार्यहरूमा सफलता मिल्नेछ । जग्गा जमिन वा वाहन किन्नमा माताको तर्फबाट सहयोग मिल्नेछ । साताको मध्यमा सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विद्यार्थी वर्गहरूले आलस्य गर्दा राम्रो समय गुमाउनु पर्ला । साताको अन्तिममा परिवारमा पारिवारिक कलहले मन अशान्त रहनेछ । विद्यार्थी वर्गहरूलाई प्रतियोगी परीक्षामा असफलता मिल्न सक्ला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा आर्थिक कारोबारमा हजुरको महत्वकाङ्क्षा पूर्ण हुनेछ । कार्य क्षेत्रमा भावनामा आएर निर्णय नलिनुहोला । विद्यार्थी वर्गहरुलाई अध्ययनमा सफलता मिल्नेछ । साताको मध्यमा पेट सम्बन्धी समस्याले चिन्ता रहनेछ । सहकारी तथा वित्तीय संस्थाबाट लाभ मिल्नेछ । साताको अन्तिममा मान सम्मान बढ्नेछ । कार्य क्षेत्रमा गरेको कामको जस पाइनेछ । आर्थिक पक्ष सबल रहनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा कार्यक्षेत्रमा लाभ मिल्नेछ । माताको स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा मनमुटाव रहनेछ । साताको मध्यमा सन्तान पक्षलाई लिएर शुभ सूचना मिल्नेछ । अग्रिम रोकिएका कार्यहरू प्रारम्भ हुनेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा शत्रुपक्षले खुट्टा तान्नेछन् । कार्य क्षेत्रमा सोचेको काम पूरा गर्न अप्ठ्यारो हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा आर्थिक पक्ष सबल रहनेछ । आफन्तजनहरूबाट राम्रो सहयोग मिल्नेछ । कार्य क्षेत्रमा नयाँ आयका स्रोतहरू बढ्नेछन् । साताको मध्यमा प्रेम सम्बन्धमा छोटो मिठो यात्रा रहन सक्ला । नयाँ पहिरनको अवसर मिल्नेछ । साताको अन्तिममा कार्यक्षेत्रमा जीवनसाथीको सहयोग मिल्नुको साथै प्रेमको बन्धन कसिने छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । साताको मध्यमा पराक्रममा वृद्धि हुनेछ । घर परिवारमा भाइ बहिनीहरूको सहयोग मिल्नेछ । नोकरी वा पेशामा अतिरिक्त जिम्मेवारी मिल्नेछ । साताको अन्तिममा उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ । जग्गा जमिनको किनबेचले मन प्रसन्न रहनेछ । आर्थिक पक्ष सामान्य रहनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । पठनपाठनको सफलताले विदेश जाने अवसर दिलाउनेछ । साताको मध्यमा विद्यार्थीहरूको तर्कशक्ति बढ्नेछ । रचनात्मक वा कलात्मक क्षेत्रमा सफलता पाइनेछ । साताको अन्तिममा भाग्यको सहयोग मिल्नाले कार्यक्षेत्रमा अप्ठ्यारो काम पूर्ण हुनेछ । थोरै श्रममा पनि सफलता हात लाग्नेछ । नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भ व्यापारमा हानि हुने संभावना रहेको छ । कार्य क्षेत्रमा थप लगानीको लागि समय उपयुक्त छैन । वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको मध्यमा कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू गोप्य राख्नुहोस् । धेरै बोल्नाले विवाद निम्त्याउने छ । साताको अन्तिममा नोकरि वा पेशामा अधिकारी वर्गहरूबाट सम्मान पाइनेछ । पहिला गरेको कामबाट लाभ पाइनेछ ।