काठमाडौं । आज आइतबार, २३ मंसिर २०८१ (८ डिसेम्बर २०२४)। हेर्नुहोस् आजको राशिफल –
मेष: अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइने छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्कमा ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।
वृष: लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् पारिवारिक सद्भाव बढ्नेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। गरेको कार्यमा सफलता पनि मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्कमा ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
मिथुन: रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नसक्छ। मनोरञ्जनमा सहभागिता भइएला। कतै भ्रमणको योजना पनि बन्नेछ तर सेयर बजारको लगानी त्यति भरपर्दो रहन्न ।
भाग्यशाली रङ आकाशे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्कमा ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
कर्कट: मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सवारी साधनसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला। साँझमा परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्कमा ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।
सिंह: इच्छा र आकांक्षा पूर्ण हुनसक्छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ।
भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्कमा ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।
कन्या: सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद् यात्राको हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर मिल्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्कमा ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला: सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुनसक्छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। स्वास्थ्यमा सुधार पनि आउला।
भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्कमा ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।
वृश्चिक: अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नसक्छ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। मनमा दुबिधा उत्पन्न होला। यात्रा कष्टकर हुनसक्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ। नयाँ योजना बन्नेछन्।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्कमा ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७९, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्कमा ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने।सजिलै अरुको विश्वास नगर्ने।
मकर: कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जन कार्यक्रममा सहभागिता भइनेछ। नयाँ सफलता पनि मिल्नसक्छ ।
भाग्यशाली रङ गुलाबी र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा २८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्कमा ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने।खैरो रङको प्रयोग नगर्ने।
कुम्भ: रमाइलो यात्राको योग रहेको छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सेयर बजारमा लगानीको अवसर जुट्नेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्कमा ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।
मीन: समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनसक्छन्। यात्रामा सावधानी अपनाउनु होला। बोलीको विपरीत अर्थ लाग्नसक्छ ।स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ। साँझमा भने धनलाभ हुनसक्छ।
भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्कमा ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने।कालो रङको प्रयोग नगर्ने।