मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा मानसिक अशान्ति रहनेछ । अगाडि गरिएको कार्यले उपलब्धि प्राप्त हुनुका साथै राम्रो लाभ रहनेछ । साताको मध्यमा मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । शिक्षाको लागि नयाँ अवसर मिल्नेछ । साताको अन्तिममा व्यापार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ । थप लगानीबाट राम्रो लाभ मिल्ला । परिवारको साथमा रमाइलो यात्रा हुन सक्ला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा धनार्जनका नयाँ स्रोतहरू खुल्नु साथै कार्यको उचित मूल्यांकन मिल्नेछ । मनोरञ्जनात्मक क्रियाकलापले मन उत्साहित रहनेछ । साताको मध्यमा कार्य क्षेत्रमा आफ्नो कार्य अर्काको विश्वासमा नछोडौँ । आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ । साताको अन्तमा व्यापार व्यवसायमा अपूर्ण योजनाहरू पूर्ण हुनेछन् । आर्थिक पक्ष सबल रहनेछ । उद्योग जगतमा नयाँ मापदण्ड स्थापित गर्न पाइएला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा कार्यको सन्दर्भमा महत्त्वपूर्ण लक्ष्यहरू प्राप्त हुनेछन् । आकस्मिक निर्णय लिनबाट जोगीनुहोस् । साताको मध्यमा कार्यक्षेत्रमा शत्रुहरू तपाईंमाथि हावी हुने प्रयास गर्नेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । प्रेम सम्बन्ध कसिने छ । साताको अन्तिममा सम्पत्तिलाई लिएर सानोतिनो विवाद उत्पन्न हुनेछ । अनैतिक काममा चासो अलि बढी जानेछ । मौसमी बिमारीदेखि सावधान रहनुहोला । वैदेशिक यात्राका प्रयासहरू सफल रहनेछन् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा काममा हजुरको अधिकार बढ्नेछ । सन्तानको प्रगतिले मन प्रफुलित र आनन्दित रहनेछ । साताको मध्यमा आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुहोला । नयाँ नोकरीमा प्रतिद्वन्दीहरूबाट कडा टक्कर पाइनेछ । साताको अन्तमा विद्यार्थी वर्गहरूले शारीरिक बल भन्दा मानसिक बलमा ध्यान केन्द्रित गर्नुहोस् । अध्ययनलाई लिएर घरबाट टाढा जाने योग छ । प्रियजनहरूको सहयोग मिल्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा धैर्यताको कमीले पारिवारिक सद्भाव बिग्रिन सक्छ । मित्रवर्गहरूको सहयोगले सफलता मिल्नेछ । वैमनस्यता बढ्न सक्छ । साताको मध्यमा प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ । अविवाहित हुनुहुन्छ भने विवाहको कुराहरु चल्नेछ । परिवारसँग समय बित्नुको साथै मन प्रसन्न रहनेछ । साताको अन्तिममा वित्तीय वा सहकारी संस्थाबाट लाभ प्राप्त हुनेछ । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । स्वास्थ्यले साथ दिनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ योजनाहरू क्रियान्वित गर्न सक्नुहुनेछ । भाइ बहिनीको सहयोग मिल्नाले पारिवारिक वातावरण सुखमय रहनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ । साताको मध्यमा काममा व्यस्तता धेरै रहनुपर्ने हुन्छ । मेहनत र लगनले रोकिएका कार्य सम्पादन हुनेछन् । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा आफ्नो योग्यता देखाउने अवसर मिल्नेछ । धन सम्बन्धित मामिलामा लाभ रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ । धर्ममा रूचि उत्पन्न हुनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको मध्यमा चलचित्रको कामले वा समाजसेवी कामले हजुरलाई चिनाउनेछ । विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक परीक्षाहरूमा उत्कृष्ट सफलता प्राप्त हुने सम्भावना छ । साताको अन्तिममा पुरानो र तितो सम्झनाहरूले मूड बिगार्न सक्छ । आफ्नो व्यवहारमा शिष्टताको भावना कायम राख्नुहोस् । कार्य क्षेत्रमा आफ्नो दक्षतामा विश्वास राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ । प्रेम विवाहको सम्बन्धमा पारिवारिक समस्या आउन सक्छ । साताको मध्यमा तपाईंका सबै कामहरू उत्तम तरिकाले पूरा हुनेछन् । नोकरी वा पेशामा अधिकार बढ्नेछ । व्यापार व्यवसायमा विवादित विषयको समाधान हुने सम्भावना छ । कार्यस्थलमा ठूलो परियोजना हात पार्न सकिनेछ । साताको अन्तिममा जीवन साथी प्रति वफादारी र माया बढ्नेछ । दैनिक खरिददारी गर्दा सामानमा मितिको ध्यान राखौं । चिकित्साको क्षेत्रमा सम्मान पाइनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा विदेशतिरबाट धन लाभका योग छन् । सोचेको स्थानबाट सहयोग प्राप्त हुन बाधा आउनेछ । सवारी साधन चलाउँदा ध्यान दिनुहोस् । साताको मध्यमा उच्च पदस्थ अधिकारीहरूको सहयोग मिल्नेछ । विद्यार्थीहरूको सामाजिक चेतनाको विकास हुनेछ । साताको अन्तिममा रचनात्मक र कलात्मक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तहरूको साथमा स्वादिष्ट भोजन र रमाइलो यात्राका योग छन् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा मार्केटिंग क्षेत्रमा हजुरको बोली बिक्नेछ । योजना अनुरूप कार्य पूर्ण हुनाले मन प्रसन्न रहनेछ । ऐश्वर्यमा वृद्धि साथै नयाँ वस्तु पाइनेछ । साताको मध्यमा लामो यात्राको रूपरेखा बन्नेछ । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुहोला । साताको अन्तिममा धनार्जनका नयाँ स्रोतहरू बन्नेछन् । जीवन साथीको पद प्रतिष्ठामा वृद्धि हुनेछ । कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा शेयर बजारबाट मनग्य लाभ प्राप्त हुने सम्भावना छ । व्यापार विस्तारलाई लिएर योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ । शत्रुहरू हार खानेछन् । आर्थिक क्षेत्रमा पिताको सहयोग मिल्नेछ । साताको मध्यमा माननीय जनहरूको सहयोगले रोकिएको कार्यसम्पादन हुनेछ । आलस्यलाई हावी हुन नदिनुहोला । चौतर्फी लाभको स्थिति बनिरहेको छ । साताको अन्तिममा स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला । सवारी साधन चलाउँदा कागजातको ध्यान दिनुहोला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा लगनशीलताले नयाँ उपलब्धिको स्रोत प्राप्त हुनेछ । धार्मिक कार्य सम्पादन हुनेछ । पशुधन र व्यापार व्यवसायबाट लाभ हुनेछ । साताको मध्यमा नोकरीबाट प्रशस्त लाभ हुने र सम्मान बढ्नेछ । प्रशस्त धन र बहुमूल्य धातु संग्रह गर्ने समय रहेको छ । साताको अन्तिममा परिस्थितिले नयाँ जिम्मेवारी दिलाउनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ । कार्य क्षेत्रमा सहभागीहरूको सहयोग मिल्नेछ ।