मिति २०८१ साल वैशाख ०५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

Image

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आर्थिक क्रियाकलापबाट फाइदा हुने संकेत छ । बौद्धिक क्षेत्रमा उपलब्धि मिल्नेछ भने बोलीको प्रभावले काम सम्पादन सहज हुनेछ । रोजगारीमा राम्रो आम्दानीको सम्भावना छ । तर, बेसुरमा दिइएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइमा खास प्रगति नहुन सक्छ र व्यापारमा पनि सोचेजस्तो फाइदा नउठ्ने देखिन्छ । नयाँ काम थाल्न केही समय पर्खनु उपयुक्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कामले धेरैलाई लाभ पुर्‍याउनेछ । सहयोगीहरूको साथ पाइनेछ । व्यक्तित्व निखारिनेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन् । व्यापारमा मनग्य फाइदा हुनेछ, आँटेका काम तुरुन्तै सम्पन्न हुनेछन् । भविष्यमा लाभ हुने क्षेत्रमा लगानीको मौका मिल्नेछ । विभिन्न सहयोग र उपहार पनि प्राप्त हुने सम्भावना छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
बिछोडिएका परिवारजनसँग भेटघाटको सम्भावना छ । अघिल्ला कमजोरी सुधार्दै लाभ लिन सकिनेछ । अनावश्यक यात्रा हुन सक्छ भने स्वास्थ्यमा पनि केही समस्या देखिनेछ । उपचारमा खर्च बढ्न सक्छ । तर, परिश्रम गरे राम्रो प्रतिफल प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन्, नयाँ काम थालनीको राम्रो समय छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
धेरै प्रयास गर्दा पनि ठूला उपलब्धि पाउन कठिन हुनेछ । परिवारजनबाट टाढिनुपर्ने अवस्था आउन सक्छ । आफ्नै कमजोरीले विवादमा पर्न सकिने सम्भावना छ । विश्वास गरेका व्यक्तिहरूबाट धोका पाउन सकिन्छ, सतर्क रहनुहोला । खर्च बढ्ने भएपनि उद्योग र व्यापारबाट फाइदा मिल्नेछ । प्रतिस्पर्धामा जित निकाल्न सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
रमाइलो जमघटमा स्वादिष्ट भोजनको मजा लिन सकिनेछ । अघिल्ला सफलताले नयाँ उत्साह प्रदान गर्नेछ । यद्यपि विद्यामा कमजोरी देखिन सक्छ र लेनदेनमा विवाद उत्पन्न हुन सक्छ । सानातिना समस्या सताउन सक्छन् । तर, रोकिएका काम बन्ने भएकाले आशा र उत्साह बढ्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
नयाँ फाइदाजनक कामको थालनी गर्न अनुकूल समय छ । गरिएका कामको उचित मूल्यांकन हुनेछ । भौतिक साधन जुट्ने सम्भावना छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । कला, साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ । तथापि, केही कार्यहरू समयमै सम्पन्न नहुन सक्छन्, आत्मविश्वासमा कमी महसुस हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि क्षेत्रमा कामको चाप बढ्नेछ, चौपायामा समस्या आउन सक्छ । तर, परिश्रम गरे अपेक्षित धन आर्जन गर्न सकिनेछ । रमाइलो यात्राको अवसर जुट्नेछ र कामको चापबाट फुर्सद पाइनेछ । सुख दु:खमा साथ दिने व्यक्तिहरू भेटिनेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ दीर्घकालीन योजना सुरु गर्न अनुकूल समय हो । साझेदारीमा लाभ मिल्नेछ । आम्दानीका नयाँ स्रोत खुल्नेछ । यद्यपि, अरूका काममा समय बित्न सक्छ र मिहिनेतको आवश्यकता हुनेछ । काम पूरा नहुँदा मन खिन्न हुन सक्छ । प्रियजनहरू टाढिन सक्छन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
होस नपुग्दा अवसर गुम्न सक्छ । केही दौडधुप गर्नुपर्ने अवस्था आउनेछ । परिश्रम गरे पनि तुरुन्तै फाइदा नहुन सक्छ । सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउनुहोला । दीर्घकालीन रूपमा लाभ हुने काममा हात हाल्न सकिने समय हो । तार्किक क्षमता बलियो हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
नयाँ कामको प्रस्ताव आउनेछ, सहयोगीहरूको साथ पाइनेछ । राम्रो आम्दानी हुने सम्भावना छ । व्यवसायमा विशेष फाइदा हुनेछ । इच्छा अनुसार लगानी गर्न सकिनेछ । तर, ईर्ष्या गर्नेहरूले अवरोध गर्न सक्ने भएकाले सजग रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका काम बन्नेछ, नयाँ काम सुरु गर्न सकिने समय हो । उद्योग र व्यापारमा विशेष फाइदा मिल्नेछ । परिवारको साथले काममा उत्साह मिल्नेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ । श्रद्धा, धर्म र परोपकारमा मन जानेछ । यद्यपि, स्वास्थ्यमा कमजोरी अनुभव हुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
विभिन्न अवसर प्राप्त हुने समय हो । दैनिकीमा सकारात्मक परिवर्तन आउनेछ । तर, स्वास्थ्य समस्याले काममा ढिलासुस्ती हुन सक्छ । सानातिना कामले समय खानेछ । अप्रिय समाचारले मन खिन्न हुन सक्छ । यात्रा गर्ने योजना बन्न सक्छ ।