येशूको पुनरुत्थानको जयजयकार: पदमपोखरी संयुक्त मण्डलीद्वारा पुनरुत्थान दिवस भव्य रूपमा सम्पन्न

Image

हेटौंडा/ पवित्र बाइबल तथा ख्रीष्टियन धर्मशास्त्रअनुसार येशू ख्रीष्ट गाडिएपछि तेस्रो दिन पुनर्जीवित हुनुभएको विश्वास गरिन्छ। यही विश्वासका आधारमा इसाई धर्मावलम्बीहरूले पुनरुत्थान दिवस (Easter Sunday) लाई विशेष श्रद्धा र हर्षोल्लासका साथ मनाउने परम्परा रहेको छ।

यसै सन्दर्भमा पदमपोखरी संयुक्त मण्डली तथा पाष्टर एकता संगतिले हेटौंडा उपमहानगरपालिका–१२ र १३ स्थित विभिन्न चर्चहरूको सहभागितामा पुनरुत्थान दिवस भव्य रूपमा सम्पन्न गरेका छन्।

कार्यक्रममा भजन, प्राथना, बाइबल शिक्षण तथा येशूको पुनरुत्थानको सन्देश बाँडिएको थियो। भक्तजनहरूले येशूको पुनरुत्थानप्रति आफ्नो आस्था प्रकट गर्दै आपसमा प्रेम र खुसी साटासाट गरेका थिए।

खबर बोर्ड मिडिया प्रालिका रिपोर्टर बलराम मङ्ग्रातीका अनुसार, कार्यक्रममा सहभागीहरूले पुनरुत्थानको सन्देशलाई समाजमा प्रेम, शान्ति र क्षमाका भावनाको रूपमा फैलाउने प्रतिबद्धता समेत जनाएका छन्।

त्यस्तै, नेपालभरका विभिन्न स्थानमा समेत आजको दिन इसाई समुदायले येशूको पुनरुत्थान दिवस विशेष कार्यक्रमका साथ मनाएका छन्। यो पर्वले जीवनमा आशा, पुनर्जन्म र मुक्ति प्राप्तिको सन्देश दिन्छ भन्ने विश्वास गरिएको छ।