एनपिएलमा प्लेअफको दबाबमा रहेको विराटनगर र शीर्ष स्थान जोगाउने दाउमा रहेको लुम्बिनी आज भिड्दै

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने अति रोमाञ्चक खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। साँझ ५ बजेबाट सुरु हुने यो खेलमा दुवै टिम मैदान उत्रँदा जितबाहेक अर्को विकल्प नभएको विराटनगर र आफ्नो अग्रता कायमै राख्ने दाउमा रहेको लुम्बिनीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

जारी प्रतियोगितामा विराटनगर किंग्स ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा संघर्षरत छ। प्रतियोगिताको निर्णायक चरणमा पुग्न र प्लेअफ सम्भावनालाई बलियो बनाउन आजको खेल विराटनगरका लागि गर या मर को स्थितिमा छ। टोलीका प्रमुख खेलाडी तथा कप्तान सन्दीप लामिछाने र ब्याट्सम्यान लोकेश बमको उत्कृष्ट प्रदर्शन नै विराटनगरको मुख्य भरोसा रहेको छ।

यता, लुम्बिनी लायन्स भने ६ खेलमा ४ जित र १ बराबरीसहित ९ अंक जोड्दै यसअघि नै बलियो स्थितिमा पुगिसकेको छ। आजको खेलमा विजयी हुँदै शीर्ष स्थानको समीकरणमा थप पकड जमाउने योजनामा लुम्बिनी मैदानमा उत्रनेछ। दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र विदेशी स्टार खेलाडीहरूको बलियो उपस्थिति रहेको लुम्बिनीलाई रोक्न विराटनगरका बलरहरूले कडा मेहनत गर्नुपर्ने देखिएको छ।