काठमाडौं । बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा शीर्षक्रमका ब्याटर ज्ञानेन्द्र मल्लको कप्तानीमा सोमबार देखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।
बागमतीको टोलीमा ज्ञानेन्द्रसँगै नेपाली टोलीका ओपनर सुवास खकुरेल, ईशान पान्डे, तीव्र गतिका बलर प्रतिश जिसी, नन्दन यादव र आक्रामक ब्याटर आदिल खान लगायतका खेलाडी टोलीमा छन् । सुमन सुनार, लक्की कडायत, सुवास खत्री र रोशन वि.क बागमतीको नयाँ अनुहारको रुपमा छन् । बागमतीको टोलीमा तीव्र गतिका बलर गौतम केसी र दीपेश श्रेष्ठ भने टोलीमा छैनन् ।
बागमतीको टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल (विकेटकिपर), नन्दन यादव, आदिल खान, लक्की खडायत, प्रतिश जि.सी., ईशान पाण्डे, रामनरेश गिरी, तिलकराज भण्डारी, रिजन ढकाल, सुमन सुनार, विपिन आचार्य, सुभास खत्री र रोशन विक ।
प्रशिक्षक रिकेश लामा
व्यवस्थापक – रुपक रञ्जित
बागमतीको खेल तालिका
पुष २६ (१० जनवरी) – लुम्बिनीसँग मुलपानी क्रिकेट मैदान (दिउँसो)
पुष २७ ( ११ जनवरी) – एपिएफसँग टियु मैदान, दिउँसो
पुष ३० (१४ जनवरी) – प्रदेश २ सँग, टियु (दिउँसो)
माघ १ (१५ जनवरी) – गण्डकीसँग टियु मैदान, दिउँसो
