आईसीसीको नयाँ वरियता सार्वजनिक, नेपालको स्थान कहाँ?

Image

काठमाडौं ।

नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपाललाई घाटा लागेको छ । केही दिनअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न पपुवा न्यूगिनी (पिएनजी) सँगको वानडे सिरिज हारेपछि नेपाललाई वरियतामा घाटा लागेको हो ।

नयाँ वरियतामा १८ औं झरेको छ । यसअघि नेपाल १६ औं स्थानमा थियो । एकदिवसीय मान्यता प्राप्त टिममा अब नेपालभन्दा पछाडि अमेरिका र पिएनजी मात्र छन् । अमेरिका १९ औं र पिएनजी २० औं स्थानमा छन् । त्यस्तै, १६ औंमा ओमान र १७ औं स्थानमा नामिबिया छन् । त्यस्तै, स्कटल्याण्ड १२ औं, जिम्बाब्वे १३ औं, नेदरल्यान्ड्स १४ औं र युएई १५ औं स्थानमा छन् ।

नयाँ वानडे वरियतामा न्यूजिल्याण्ड शीर्ष स्थानमा छ । त्यस्तै, इंग्ल्याण्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाँचौं, पाकिस्तान छैटौं र बंगलादेश सातौं स्थानमा छन् । श्रीलंका आठौं, वेष्ट इण्डिज नवौं, अफगानिस्तान १० औं र आयरल्याण्ड ११ औं स्थानमा छन् । टी–२० वरियततर्फ नेपाल १३ औं स्थानमा कायमै छ ।

यो पनि पढौं : अनि कूल विनोद भण्डारी ‘आगो’ भए