काठमाडौं ।
राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप २०२३ छनोटको बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएका छन् । अल्मुताइरीले आज किरण चेम्जोङको कप्तानीमा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
यी २४ बाट अल्मुताइरीले अन्तिम टोली घोषणा गर्ने छन् । नेपाल एसियन कपको समूह ‘ए’ मा छ । जहाँ नेपालले जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ । नेपालले आफ्नो पहिलो खेल ८ जुनमा जोर्डनसँग खेल्नेछ ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षण १५ अप्रिलदेखि सुरु हुनेछ । त्यस्तै, दोस्रो खेलमा नेपालले ११ जुनमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ । तेस्रो खेलमा नेपालको भेट इन्डोनेसियासँग हुनेछ । सो खेल १४ जुनमा हुनेछ । सबै खेल कुवेतमा हुनेछन् ।
बन्द प्रशिक्षणमा बोलाएका खेलाडी : किरण चेम्जोङ (कप्तान), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ती मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी र तेज तामाङ ।
यो पनि पढौं– पिएनजीविरुद्ध करणले हासिल गरे नयाँ उपलब्धि